काठमाडौं, चैत १७ – ललितपुर महानगरपालिकाले स्वावलम्बन जीवन पद्दती केन्द्रलाई अपाङ्गता मैत्री सवारी साधन सहयोग गरेको छ ।
महानगरले आज एक कार्यक्रम गरि केन्द्रलाई यो सवारी साधन सहयोग गरेको हो । महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठलाई एउटा अपाङ्गता मैत्री आधुनिक भ्यान हस्तान्तरण गर्नु भएको हो ।
मेयर महर्जनले आफुले प्रतिवद्धता बमोजिम अपाङ्गता भएकाहरु को जीवन सरल बनाउन विभिन्न काम गर्दै आएको बताउनु भयो । यो भ्यान खरिदको लागि ललितपुर महानगरपालिकाले २० लाख रुपैयाँ र नपुग रकम इरुका इन्डिपेन्डेन्ट लिभिङ्ग सेन्टर जापानले सहयोग स्वरुप उपलब्ध गराएको हो ।
संस्थालाई उपलब्ध यस अपाङ्ग्ता मैत्री सवारी साधनले अपाङ्गता भएकाहरुलाई कार्यालय आउजाउमा सहयोग पुग्ने भन्दै केन्द्रका अध्यक्ष श्रेष्ठले खुशी व्यक्त गर्नुभयो । हस्तान्तरण गरिएको भ्यान सन्चालनको लागि आवश्यको पर्ने चालक, इन्धन र भबिष्यमा गर्नु पर्ने मर्मत सम्हार को खर्च समेत महानगरले ब्यहोर्ने जनाएको छ ।
FACEBOOK COMMENTS