ललितपुर,पुस १- ललितपुर महानगरपालिकाले महिलाहरुका लागि स्पेशल मेकअप आर्टिस तालिम र व्युटिशियन तालिमको सुरुवात गरेको छ।“जहाँ महिला,त्यहाँ विकासको पाइला” भन्ने नाराका साथ महानगरले सञ्चालन गरेको तालिममा ५० जना महिलाहरु सहभागी हुनेछन् ।
३ महिनासम्म सञ्चालन हुने व्युटिशियन तालिममा २५ जना महिलाहरुले सहभागिता जनाउने छन् भने १ महिनासम्म सञ्चालन हुने स्पेशल मेकअप आर्टिस तालिममा २५ जना महिलाहरु सहभागी हुनेछन् ।
सामाजिक विकास समितिका संयोजक एवं वडा नं.२४ का अध्यक्ष दिनेश कार्कीले तालिम पश्चात महिलाहरु स्वरोजगार भई आर्थिक आर्जन गर्न सक्ने र आत्मनिर्भर हुन सक्ने बताए । संयोजक कार्कीले भने, “तालिम मात्रै लिएर हुँदैन, व्यवसायिक योजना, बजारको आवस्यकताको विश्लेषण सहित फरक तरिकाले काम गर्न पनि सक्नुपर्छ ।”
प्रशिक्षक गुणकेशरी ताम्राकारले महिलाहरुको आर्थिकस्तर उकास्नका लागि व्युटिशियन तालिम पनि महत्त्वपूर्ण रहेको वताइन् ।
सामाजिक विकास समितिका सदस्य तथा वडा नं. ५ का अध्यक्ष विकासमान श्रेष्ठले महिला उद्यमीहरूलाई प्रोत्साहन गर्नका लागि महानगरले सहुलियत कर्जा रुपमा केही रकम उपलब्ध गराउने व्यवस्था समेत गर्न लागेको वताए ।
महिलाहरूलाई आत्मनिर्भर र उद्यमी बनाउँदै जीवनस्तर उकास्नका लागि यो तालिम आयोजना गरिएको कार्यपालिका सदस्य सुप्रभा शाक्यले वतनइन् ।
ललितपुर महानगरका समाजकल्याण महाशाखाका प्रमुख बावुराजा महर्जनले महिलाहरुको सीप विकासका लागि बर्सेनि यस्ता कार्यक्रमहरु आयोजना गरिएको वताए ।
FACEBOOK COMMENTS