काठमाडौं, चैत २३ – नेपालमा दिनहु कोरोना संक्रमित बढ्दै गईरहेको छ । मानिसका लापरवाहिका कारण कोरोना संक्रमण बढ्दै गएको हो । मुखमा मास्क छैन, मानिसहरु भिडभाड, हुल गरिरहेका छन् । यसरी नै संक्रमित बढ्दै गए नेपालमा पनि लकडाउन हुनसक्ने संकेत देखिएकोे छ । छिमेकी मुलुक भारतमा दैनिक रेकर्डस्तरमा कोरोना संक्रमितहरु फेला परिरहेका छन् । संक्रमण व्यापकरुपमा फैलन थालेपछि देशका विभिन्न स्थानमा पुनः लकडाउन लागू गर्न शुरु भइसकेको छ ।
भारतमा लकडाउन सुरु हुन थालेपछि यतिबेला भारतमा काम गर्न पुगेका नेपालीहरु पनि धमाधम स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किने धेरैमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइरहेको छ ।
FACEBOOK COMMENTS