लम्जुङ सम्वाददाता
लमजुङ । नेपालेडाँडा,तार्कुघाट,वाेराङखाेला सडक खण्डको काम गर्न ठेक्का पारेकाे लामा कन्ट्क्सन कम्पनी प्रा.लि ले विना ईन्जिनियरिङ प्लानिङ नै सडक वनाई रहेकाे स्थानियहरूको गुनासो छ । सडक खन्दा जमिनको सतहभन्दा धेरै तल खारेकाे हुदा धेरै किसानका घडेरी भिरालाे बनाई बिगारे पछि उनिहरू आक्रोशित भएका हुन् । कतिपय किसानकाे खेत र घडेरीलाई बिगारेर उक्त जग्गामा ढल र पानीको निकास बनाउदा किसान मर्कामा परेकाे स्थानिय किसान बताउछन् ।

पिडित मध्यका किसान हुन् राईनास नगरपालिका ५ का मातृकाप्रसाद खनाल । उनका अनुसार आफ्नाे जग्गा मध्येकाे कि.नं ७४० र ७६० मा सिंचाइ गर्दै आएको कुलाे मासिदिएकाे र कि.नं ६२६ मा ढल र भल हुल्नुका साथै आन्तरिक कुला र गाैडाहरू समेत भत्काएर खेतबारी र घडेरीलाई खाेलामा परिणत गरिदिएको बताए । साथै नगर प्रमुख सिंह बहादुर थापाले समेत क्षती पुग्न गएकाे घडेरी र खेतलाई क्षती नपुग्ने गरि व्यवस्थापन गर्न भनी लामा कन्ट्रक्सन राईनास शाखालाई पत्राचार समेत गरेका थिए । यद्यपी उक्त पत्रकाे समेत कुनै वास्ता नगरि काम अगाडि वडाएकाेमा घाेर आपत्ति व्यक्त गर्दै अबको विकल्प अदालतकाे ढाेका ढकढक्याउनु वाहेक अरू कुनै विकल्प आफुसँग नरहेकाे पिडित मातृकाप्रसाद खनालले बताए। 