लम्जुङ सम्वाददाता ,
लमजुङ – नेपालेडाँडा,तार्कुघाट,वोराङखोला सडक खण्डको काम गर्न ठेक्का पारेको लामा कन्ट्क्सन कम्पनी प्रा।लि ले विना ईन्जिनियरिङ प्लानिङ नै सडक वनाई रहेको स्थानियहरूको गुनासो छ । सडक खन्दा जमिनको सतहभन्दा धेरै तल खारेको हुदा धेरै किसानका घडेरी भिरालो बनाई बिगारे पछि उनिहरू आक्रोशित भएका हुन् । कतिपय किसानको खेत र घडेरीलाई बिगारेर उक्त जग्गामा ढल र पानीको निकास बनाउदा किसान मर्कामा परेको स्थानिय किसान बताउछन् ।
पिडित मध्यका किसान हुन् राईनास नगरपालिका ५ का मातृकाप्रसाद खनाल । उनका अनुसार आफ्नो जग्गा मध्येको कि।नं ७४० र ७६० मा सिंचाइ गर्दै आएको कुलो मासिदिएको र कि।नं ६२६ मा ढल र भल हुल्नुका साथै आन्तरिक कुला र गौडाहरू समेत भत्काएर खेतबारी र घडेरीलाई खोलामा परिणत गरिदिएको बताए । साथै नगर प्रमुख सिंह बहादुर थापाले समेत क्षती पुग्न गएको घडेरी र खेतलाई क्षती नपुग्ने गरि व्यवस्थापन गर्न भनी लामा कन्ट्रक्सन राईनास शाखालाई पत्राचार समेत गरेका थिए । यद्यपी उक्त पत्रको समेत कुनै वास्ता नगरि काम अगाडि वडाएकोमा घोर आपत्ति व्यक्त गर्दै अबको विकल्प अदालतको ढोका ढकढक्याउनु वाहेक अरू कुनै विकल्प आफुसँग नरहेको पिडित मातृकाप्रसाद खनालले बताए।
लामा कन्स्ट्रक्सनले अन्यत्र पनि यस्तै लापरबाही तरिकाले सडक निर्माण गर्ने र किसानलाई मर्का पर्ने गरि ईन्जिनियर परिचालन गर्ने गरेको अन्य पिडितहरूको गुनासो रहेको छ ।
लामा कन्स्ट्रक्सनले अन्यत्र पनि यस्तै लापरबाही तरिकाले सडक निर्माण गर्ने र किसानलाई मर्का पर्ने गरि ईन्जिनियर परिचालन गर्ने गरेको अन्य पिडितहरूको गुनासो रहेको छ ।
