काठमाडौं, असोज १४ – आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र लालबन्दी खानेपानी बीच सम्झौता भएको छ ।
सम्झौताअनुसार उक्त क्षेत्रका खानेपानी उपभोक्ताले खानेपानीको महसुल आइएमईका एजेन्ट पार्टनरहरू वा आइएमई पे वालेटमार्फत भुक्तान गर्न सक्नेछन् ।
सम्झौता पत्रमा ‘आइएमई पे’का तर्फबाट आइएमईका प्रदेश नं. २ इन्चार्ज अरुण कुमार भण्डारी र लालबन्दी खानेपानी प्रमुख मुकुन्द कुमार श्रेष्ठले हस्ताक्षर गरे ।
यस सम्झौताबाट ६ हजार ५ सय १४ (६५१४) घरधुरी लाभान्वित हुनेछन् ।
FACEBOOK COMMENTS