काठमाडौं, मंसिर २६ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षद्वय कमल थापा र डाक्टर प्रकाशचन्द्र लोहनीले मेडिसिटी अस्पतालमा उपचार गराइरहेका सांसद राजेन्द्र लिङ्गदेनको स्वास्थ अवस्थाको जानकारी लिएका छन् । अध्यक्षद्वय थापा र लोहनीले शुक्रबार बिहान मेडिसिटी पुगेर पार्टीका नेतासमेत रहेका लिङ्गदेनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
अस्पतालका सीईयो पंकज बास्कोटा र डाक्टर दिप्तेश अर्यालले नेता लिङ्गदेनको पछिल्लो स्वास्थ अवस्थाबारे अध्यक्षद्वयलाई जानकारी गराएका थिए । अस्पतालका अनुसार लिङ्गदेनको स्वास्थ अवस्थामा उल्लेख्य सुधार भइरहेको राप्रपा सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।
सांसद लिङ्गदेनलाई निमोनिया भएपछि झापाबाट हेलिकप्टरमा उपचारका लागि बिहीबार काठमाडौं ल्याइएको थियो । अस्पताल स्रोतका अनुसार लिङ्गदेनको अवस्थामा उल्लेख्य सुधार भएकोले अक्सिजनसमेत दिन परेको छैन । पुन: कोभिड परीक्षणका लागि स्वाब भने लिइएको छ ।
FACEBOOK COMMENTS