काठमाडौं । नेपालले चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको आयात गरेको छ भने, यसै अवधिमा निर्यात १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको भएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, यो अवधिमा नेपालको व्यापार घाटा ६.२ प्रतिशतले बढेको छ।
अघिल्लो वर्षको सोही अवधिसम्म व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो भने, यस वर्षमा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुग्यो।
नेपालको आयातमा मुख्यत पेट्रोलियम पदार्थ,खाद्य सामग्री, र निर्माण सामग्रीको समावेश रहेको छ भने निर्यातमा प्रमुख वस्तु भनेको जुत्ता, वस्त्र र कृषि उत्पादनहरू रहेका छन्। माघ महिनामा मुलुकको आयात – निर्यात अनुपात ११.४ प्रतिशत पुगेको छ, जसले नेपालको व्यापार घाटा थप बढाएको देखाउँछ।
यस व्यापार घाटा वृद्धि नेपालका लागि चिन्ताको विषय बनेको छ। सरकार र निजी क्षेत्र मिलेर यस घाटालाई कम गर्नका लागि विभिन्न कदमहरू उठाउने आवश्यक रहेको विश्लेषकहरूले बताएका छन्।
FACEBOOK COMMENTS