काठमाडौं, कात्तिक १६ – बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालमा कोरोना संक्रमित थप एकजनाको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का ९५ वर्षीय वृद्धको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका चिकित्सक डा.विष्णु गौतमका अनुसार शनिबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना गरिएका उनको आइतबार बिहान मृत्यु भएको हो । उनलाई ज्वरो आउने तथा श्वास प्रश्वासमा समस्या थियो ।
FACEBOOK COMMENTS