बर्दिया । ३ अर्बभन्दा माथिको लगानीमा संञ्चालनमा आएको लुम्बिनी सेरामिक्सको नेपाली टायल अब बजारमा पुग्न थालेको छ । गत भदौंबाट औपचारिक रुपमा उत्पादन सुरु गरेको यस उद्योगले अब भने पूर्ण क्षमतामा साथ आफ्नो उत्पादन बजार पठाउने भएको हो ।यस उद्योगको वार्षिक उत्पादन क्षमता करिब ४१.५ मिलियन वर्गफुट रहेको छ, जसको पहिलो वर्ष ८०% उपयोग गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।यस टायल्स उत्पादन ९० रुपैयाँदेखि २०० रुपैयाँ स्क्वायरसम्मको रहेको कम्पनीले जनाएको छ ।
करिब १२ बिघा क्षेत्रफलमा फैलिएको यस उद्योगमा ३०० भन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् । आगामी दिनमा कम्पनीले ग्राहकलाई गुणस्तरीय र सुलभ मूल्यका उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेको छ। साथै, आर्किटेक्ट र डिजाइनरहरूसँग मिलेर विशेष डिजाइनहरू विकास गर्ने योजना रहेको कम्पनीका निर्देशक अभिनव चुरीवालले बताए ।
यस कम्पनीले १०० प्रतिशत वाटरप्रुफ भिट्रिफाइड टायल उत्पादन गर्छ, जुन डिजाइन, गुणस्तर, र टिकाउपनमा अग्रणी रहेकाे कम्पनीकाे भनाइ छ। कम्पनीले बिभिन्न शैलीका टायल (जस्तै, म्याट, ग्लोसी, हाई ग्लोसी, र ग्रिप) उत्पादन गर्दै आइरहेकाे छ ।
कम्पनीका अनुसार यस भिट्रिफाइड टाइलहरू निकै बलियाे र ०.०८ प्रतिशत भन्दा कम पानी नसाेस्ने एक सय प्रतिशत वाटरप्रूफ छन्। सिरेमिक वाल टाइलहरू लगभग ९९ वाटर–प्रूफ हुन्छन् जबकि सिरेमिक टाइलहरू लगभग ९३ –९६ प्रतिशत कम घनत्व र तल्लो सतहसम्म वाटर–प्रूफ हुन्छन्। भिट्रिफाइड टाइलहरूले पानीफ साेस्ने र त्यसका दागहरू देखिदैनन् जसले लामो समय सम्म राम्रो देखिने कम्पनीको भनाई छ ।
कस्तो छ बजारको स्थिति ?
नेपालमा पछिल्लो समय टायलमा आत्मनिर्भर बन्नेबाटोतर्फ उन्मुख हुँदै गएको छ । कोभिड–१९ महामारी अघि, नेपालमा उपभोग गरिने करिब ९९% टायल भारतबाट आयात गरिन्थ्यो। सन् २०१९ मा नेपालले झन्डै १०५० करोड रुपैयाँ बराबरको टायल आयात गरेको थियो। महामारीपछि नेपालमा टायल उत्पादन क्षेत्रले उल्लेखनीय प्रगति गरेको छ। यसले गर्दा आयात प्रतिस्थापन सम्भव हुँदै गएको देखिन्छ । नेपाली बजारमा टायलको माग नेपाली बजार बढ्दो छ । आगामी केही वर्षभित्र नेपालले टायल खपतमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने अपेक्षा गरिएको छ। यस सेरामिक्सबाट उत्पादित टायल १०० प्रतिशत भिट्रिफाइड छन् । जसले पानी नसाेच्ने बलियो भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी टायलहरू घरभित्र र बाहिर, भित्तामा र फर्शमा, आवासीय तथा व्यावसायिक ठाउँहरूमा प्रयोग गर्न सकिन्छ। जसमा ५०० भन्दा बढी प्रकारका डिजाइन, आकार, फिनिश र प्रयोगका आधारमा विभाजित १० संग्रहहरू उपलब्ध रहेको कम्पनीको दाबी छ । कम्पनीको संचालक समितिहरुमा सुब्रत धिताल, श्यामसुन्दर खेतान,आशुतोष खेतान,शिनी खेतान,शशी चुरीवाल, सृजन अर्याल रहेका छन् ।
कम्पनीले बायोग्यास प्लान्ट, अपशिष्ट प्रशोधन प्लान्ट, र सेवालाई प्रोत्साहन गर्न काम गरिरहेको छ। स्थानीय स्तरमा रोजगारी सिर्जना, हरियाली प्रवर्द्धन, र समुदायलाई तालिम कार्यक्रमहरू सञ्चालन गर्ने योजना समेत अघि सारेको छ । कम्पनीले आगामी दिनमा सर्वसाधारणका लागि आइपीओ निष्कासनमा ल्याउन पब्लिक कम्पनीमा समेत रुपान्तरण भइ तयारी थालेको छ ।
कम्पनीले उत्पादन गरेकाे यस लामिनार टायलमा सामान्य दुर्घटना भइ आगोलागि भएमा कुनै किसिमको दागहरु नखिने प्रमाण समेत पुष्टि भएको छ । त्यस्तै कम्पनीकाे अर्काे निकै राम्राे पक्ष भनेकाे पानीकाे बचत हाे । कम्पनीले टायलकाे कटिङदेखि विभिन्न प्रयाेजनमा प्रयाेग गरेकाे पानीलाइ पुन प्रधाेधितगरी ७५ प्रतिशत पानीलाइ पुन प्रयाेगमा ल्याएकाे छ ।
FACEBOOK COMMENTS