काठमाण्डौँ — लुम्विनी विकास बैंकले अफ्नो १०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त साधारण सभाले आ.व.२०७३–०७४को वित्तीय प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।
साधारण सभाले आगामी कार्यकालको लागि संस्थापक समूहवाट सुशिल राज पराजूली, चिन्तामणी भट्टराई र डा. रुप ज्योति तथा सर्वसाधारणको तर्फवाट प्रविण कृष्ण श्रेष्ठ, रामचन्द्र सिग्देल र प्रताप कुमार आचार्यलाई सर्वसम्मत रुपमा सञ्चालकमा नियुक्त गरेको छ ।
बैंकको मुलुकका ६५ शाखा सञ्जालहरु रहेका छन् ।
FACEBOOK COMMENTS