काठमाडौं, पुस ६ – प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिनु भएको छ । उहाले कसैको पनि पक्षमा नहुने गरी निष्पक्ष निर्वाचन गराउने तर्फ ध्यान केन्द्रीत गर्न आयोगका पदाधिकारीलाई निर्देशन दिनु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह आयोगका पदाधिकारीसँग भेटगरी निर्वाचनको तयारी थाल्न निर्देशन दिनुभयो । ‘लोकतन्त्र चाहानेले निर्वाचनको विरोध गर्दैनु’, प्रधानमन्त्री ओलीले आयुक्तहरुसँग भन्नुभयो, ढुक्कले तयारी गर्नुस् । सरकारलाई कुनै अनावश्यक साथ (अन डिउ फेभर) चाहिदैँन । निष्पक्ष निर्वाचन गराउनुहोस् ।’
भेटमा निर्वाचन आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गराउन सरकारलाई सुझाव दिएका छन् । ‘२७ गते एकै चरणमा निर्वाचन गराउन सकिन्छ त्यसो भए खर्च कम लाग्छ भनेर हामीले भनेका छौँ’, ती आयुक्तले भने । प्रधानमन्त्री ओली यो विषयमा सकरात्मक बनेको बताइएको छ ।
FACEBOOK COMMENTS