उदयपुर – सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले गत आर्थिक वर्षमा २ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको सिमेन्ट बिक्री गरेको छ । २०७४ को साउनदेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले २ अर्ब २२ करोड २७ लाख ९६ हजार रुपैयाँको सिमेन्ट बिक्री गरेको हो ।
विद्युत् भार कटौतीको मार ब्योहोर्दै आउन परेको सिमेन्ट उद्योगले आफ्नै प्रयास र कठिन परिश्रमबाट यस वर्ष १ लाख २९ हजार ५०० मेट्रिक टन अर्थात् २४ लाख ६ हजार ९०० बोरा सिमेन्ट उत्पादन गरेर नयाँ रेकर्ड राखेको महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए। उत्पादित सिमेन्टको मूल्य २ अर्ब २३ करोड रुपैयाँ रहेको पनि महाप्रबन्धक पौडेलले जानकारी दिए।
उदयपुर जिल्लाको जलजलेमा अवस्थित उद्योग विसं २०४४ बाट सञ्चालनमा आएको उद्योगले विद्युत् भार कटौतीको मारको खेप्नुपरेको कारण २०५८ सालमा पहिलो पटक ठूलो परिमाणमा सिमेन्ट उत्पादन गरेर बिक्री गर्न सफल भएको थियो ।
त्यसपछिका समयमा यस वर्षमात्र सिमेन्ट उद्योगले सबैभन्दा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरेको र यो नयाँ रेकर्ड स्थापना भएको उद्योगका महाप्रबन्धक पौडेल बताउछन् ।
पाँच महिना यतादेखि विद्युत् भार कटौतीको समस्या हल हुन थालेपछि अहिले सिमेन्ट उद्योगले दैनिक ७५० मेट्रिक टनभन्दा माथि सिमेन्ट उत्पादन गर्दै आएको छ ।–रासस
FACEBOOK COMMENTS