काठमाडौं, जेठ २ – वरिष्ठ चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ । कार्कीको आइतबार बिहान निधन भएको उनका छोरा पंकज कार्कीले जानकारी दिएका छन् ।८३ वर्षीय कार्कीमा कोरोना संक्रमण पुष्टि भएपछि सैनिक अस्पतालमा उपचार भइरहेको थियो ।
चलचित्र लेखन तथा निर्देशनसहित, गीत, कविता, कथा तथा उपन्यास लेखनमा जीवनभर सक्रिय कार्कीको जन्म विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो ।
कार्कीका ‘तीजको लहर आयो बरिलै’, ‘बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन् । ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’ र ‘हनिमुन’ (उपन्यास), ‘बसिबियाँलो’ (कथासंग्रह), ‘माया पिरतीको कथा’ र ‘जुन निदाउन थाल्यो’ (गीत संग्रह), ‘कल्पना टुट चुकी है’ (हिन्दी कविता), ‘दिल गिजर के टुकडे (हिन्दी उर्दू कविता) प्रकाशित रहेका छन् ।
FACEBOOK COMMENTS