ईलाम संवाददाता
ईलाम, असार २६ -केहि दिन देखि नेकपा भित्र आन्तरिक द्वन्द बढ्दै जादा केहि जिल्लामा प्रधानामन्त्रीको पक्षमा नारा जुलुश देखिए पनि पुर्वी जिल्ला इलाममा भने केपी पक्षधरको उपस्थिति लगभग शुन्य अवस्थामा देखिएको छ। इलाम जिल्ला नेकपाका बरिष्ठ नेता झलनाथ खनालको गृह जिल्ला हो।खनालको जिल्लामा ओली पक्षधरले तीन दिन देखि कार्यक्रम गर्ने भनेर उर्दी जारि गरेका थिए तर उनको पक्षमा जम्मा २०/२२ भन्दा बढि युवा देखिएनन ।
यसले इलाम जिल्लामा केपी पक्षधरहरुको अवस्था सार्है कमजोर रहेको देखिएको र खनालको पल्ला भारी रहेको जानकारहरु बताउछन । पार्टीमा हुने गुटको राजनिती अन्त्य गर्दै समृद्दीको लागी एक ढिक्का भई पार्टीलाई अगाडी बढाउदै देश र जनताको पक्षमा काम गर्नु पर्दछ भनेर मान्यता राख्दै आएका खनाल आफ्नो जिल्लामा सारै लोकप्रिय मानिन्छन।
जिल्लाका आम नेता तथा कार्यकर्ता देखि जिल्लाबासीको पनि खनालकै पक्षमा साथ् रहेकोले जिल्लामा उनको राम्रो पकड रहेको नेकपा कै एक विद्यार्थी नेताले बताए।