काठमाण्डौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले एक वर्षभित्र मुलुकभरका १० हजार सार्वजनिक स्थलमा निःशुल्क वाइफाई दिने भएको छ।
सार्वजनिक स्थलमा सेवा दिने उद्देश्यले सुरु गरेको योजनालाई मुलुकभर विस्तार गर्न लागेको कम्पनीले जनाएको छ।
वर्ष दिनभित्र मुलुकभरका सार्वजनिकस्थलमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको वल्र्डलिंकका निर्देशक लक्ष्मण यादवले बताए।
मुलुकभर भीडभाड हुने ठाउँमा निःशुल्क वाइफाई दिन यो योजना ल्याइएको हो ।
निःशुल्क सेवा भीडभाड हुने चोक, मालपोत कार्यालय, पार्क लगायतमा दिइनेछ।
कम्पनीले यसअघि पशुपति, शंखपार्क, बालाजु बाइसधारा, स्वयम्भू, वसन्तपुर, एयरपोर्ट, पोखरा र वीरगन्ज महानगरपालिका कार्यालय लगायत ठाउँमा नियमित रुपमा सेवा दिइरहेको छ।
— नागरीक
FACEBOOK COMMENTS