काठमाडौं, १३ मंसिर – वस्तुगत संघ तर्फ अन्जन श्रेष्ठ विजयी भएका छन् । उनका प्रतिद्वन्दी उमेशलाल श्रेष्ठले ३७ मत ल्याउदा अन्जनले ६१ मत ल्याई विजयी बनेका हुन । २ मत बदर भएको छ । उपाध्यक्षको नतिजा सार्वजनिक भएसँगै वस्तुगत तर्फको सम्पूर्ण नतिजा आएको छ । १४ कार्यकारी सदस्यमा ७ जना चन्द्रप्रसाद ढकाल प्यालबाट र ७ जना किशोरकुमार प्रधान प्यालबाट निर्वाचित भैसकेका छन् ।
विजयी हुने सदस्यहरुमा नरेश लाल श्रेष्ठ ७२ मत, सुमित कुमार केडिया ६६ मत, आकाश अधिकारी ४९ मत, प्रकाश सिंह कार्की ५७ मत, भक्त बहादुर हमाल ६२ मत, सुबोध कुमार गुप्ता ५५ मत, हेमराज ढकाल ५५ मत, अरनिको राजभण्डारी ६४ मत, गोबिन्द ढुंगेल ५० मत, मनिष लाल प्रधान ६० मत, मीनमान श्रेष्ठ ६७ मत, विष्णु प्रसाद गैरे ५१ मत, सन्दिप कुमार अग्रवाल ५१ मत र सुकुन्तलाल हिराचन ५५ रहेका छन् ।
निर्वाचित हुने मध्ये आकाश अधिकारी, नरेश लाल श्रेष्ठ, प्रकाश सिंह कार्की, भक्त बहादुर हमाल, सुबोध कुमार गुप्ता, सुमित कुमार केडिया र हेमराज ढकाल चन्द्र ढकाल प्यानलका हुन् भने अरनिको राजभण्डारी, गोबिन्द ढुंगेल, मनिष लाल प्रधान ,मीनमान श्रेष्ठ,विष्णु प्रसाद गैरे, शिव प्रसाद घिमिरे,सन्दिप कुमार अग्रवाल र सुकुन्तलाल हिराचन किशोर प्रधान प्यानलका हुन ।
FACEBOOK COMMENTS