काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारीलाई मुछ्नु दुखद् भएको बताएका छन् ।
हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न नेकपा संसदीय दलको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको विषय जोडेर केही तत्वले बदनाम गर्न खोजेको बताए ।
प्रधानमन्त्री ओलीले भने ‘अधिकारीले कुनै लोभलालचका लागि होइन र उहाँले वाइडबडीमा आफूले केही गरेको पनि छैन त्यो वाइडबडी उहाँ मन्त्री हुनभन्दा पहिलेको कुरा हो ।’
अधिकारीको निधनले पार्टी, सरकार र देशले एक कुशल नेता, मन्त्री र नागरिक गुमाएको प्रधानमन्त्री ओलीले बताए ।
FACEBOOK COMMENTS