काठमाण्डौँ — सरकारले वाइडबडी जहाज खरिदमा भएको अनियमतितामा मुछिएका कर्मचारी तथा मन्त्रीहरुलाई तत्काल कारबाही नगर्ने जनाएको छ ।
बिहीबार सिंहदरबार काठमाडौंमा मन्त्रिपरिषद्को निर्णय र समसामयिक विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो बताएका हुन ।
उनले सरकारले पनि उक्त विषयमा छानबिन गर्न आयोग नै बनाएकोले तत्काल कार्यान्वयनमा नजाने बताए ।
सबैतिरबाट छानबिन गरेर रिपोर्ट आइसकेपछि जो भए पनि कारबाही गरिने बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS