काठमाण्डौँ — नेपाल वायुसेवा निगमले वाइड बडी जहाज जापानको ओसाका सहरमा उडाउन अनुमति माग गरेको छ।
प्रक्रिया पुरा गरेर अनुमति मागको लागि आइतबार जापानको जापान सिभिल एभिएसन व्यरो (जेक्याब)मा निगमले आवेदन दिएको निगम सहप्रवक्ता नबराज कोइरालाले जानकारी दिए।
उनका अनुसार आवेदन दिएको मितिबाट ४५ दिनभित्र अनुमति पाउने वा नपाउने टुंगो लाग्छ।
कोइलाका अनुसार अनुमति पाउने प्रबल सम्भावना छ।
सोही अनुसार निगमले असार तेस्रो साताबाट साताको तीन उडान गर्ने योजना समेत बनाएको छ। निगमले यसअघि माघमै उडान गर्ने बताउँदै आएको थियो।

तर, प्रक्रिया ढिलाई हुँदा अनुमतिको लागि आवेदनै दिन सकिरहेको थिएन्।

— नागरीक