काठमाडौं । बागमतीमा पानीको बहाव बढेपछि सतर्कताको तह पार गरेको छ ।
बाढी पूर्वानुमान महाशाखाले मकवानपुर आसपासका बासिन्दालाई चेतावनी जारी गरेको छ । रौतहट कर्मैया पधेरादोभानमा पनि वाग्मती नदीमा जलसतहले खतरा तह पार गरेकाले तटीय क्षेत्र र डुबान भइरहने ठाउँमा सुरक्षित रहन भनिएको छ ।
त्यस्तै आज भोटेकोशी, तामाकोशी, दुधकोशी, सुनकोशीलगायत कोशीका सहायक नदीहरु तथा नारायणी र सहायक नदीमा पानीको बहाव बढ्ने महाशाखाले जनाएको छ ।
कन्काई र कमला जलाधारका स–साना नदीमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
FACEBOOK COMMENTS