काठमाडौं, कात्तिक २० – बालबालिकाको मनोरञ्जनको सामान्य व्यवस्था समेत नभएको वाग्मती नगरपालिकामा फन पार्क निर्माण हुने भएको छ ।
नगरपालिकाको गौरवको आयोजनाका रुपमा फनपार्क निर्माण हुने भएको हो । यसका लागि गौरी पार्वती सुनकोसी धुलिखेल जेभी र नगरपालिकाबीच ठेक्का सम्झौता भएको छ । आर्थिक वर्ष २०७७-०७८ मा निर्माण कार्य सम्पन्न गर्ने गरी रु १७ करोडमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको नगरप्रमुख भरतकुमार थापाले बताए ।
वाग्मती नगरपालिका–११ स्थित पूर्व–पश्चिम लोकमार्गबाट दुई किलोमिटर उत्तर बुद्ध शान्ति तपोवन नजिक करिब ६७ रोपनी क्षेत्रफलमा फनपार्क निर्माणको प्रक्रिया अघि बढाइने नगरपालिकाका इञ्जिनीयर सागर पौडेलले बताए । फनपार्क निर्माण हुने भएपछि स्थानीयवासी उत्साहित भएका छन् । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गरी राजस्व सङ्कलन गर्ने महत्वपूर्ण आयोजनाको रुपमा यसलाई लिएको नगरपालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS