काठमाण्डौँ — वाणिज्य बैंकहरुमा करिब ३९ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
स्थानीय तहको खातामा रहेको रकम मध्ये ५० प्रतिशत वाणिज्य बैंकमै राख्न पाउने व्यवस्थापछि एकै पटक उक्त रकम बैंकमा आएको हो ।
सरकारले गत साता नै ‘ग’ वर्गको खातामा रहेको स्थानीय तहको बचतको ५० प्रतिशत रकम सम्बन्धित बैंकलाई आफ्नो खातामै राख्न दिने निर्णय गरी कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालय र राष्ट्र बैंकलाई निर्देशन दिएको थियो ।
सोही निर्णय अनुसार सोमबार बैंकहरुले उल्लिखित रकम पाएको राष्ट्र बैंक बैकिङ विभाग प्रमुख झलक शर्मा आचार्यले बताए ।
हाल २८ वटा वाणिज्य बैंक सञ्चालनमा रहे पनि २७ वटाले मात्र सरकारी कारोबार गर्न अनुमति पाएका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS