काठमाण्डौं– भारतको चेन्नाईमा आयोजित रिजेलिएन्ट साउथ एशियाः रिजनल एजेण्डा फर क्लाइमेट चेन्ज कोअपरेशन विषयक सम्मेलनमा सहभागी विज्ञहरूले वातावरण परिवर्तन अहिले संसारकै लागि चुनौतीको विषय हुंदै गएकाले यसबाट दक्षिण एशिया पनि अछुतो रहन नसक्ने भन्दै यसलाई समयमै संवोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
यस क्षेत्रका उद्यमी व्यवसायीहरू, लगानीकर्ताहरू, सरकारी तथा निजी क्षेत्रका पदाधिकारीहरूको सहभागीतामा आयोजित उक्त कार्यक्रममा सहभागी विज्ञहरूले यस क्षेत्रका सरकारहरूले समयमै यसको लागि दरिलो सहकार्य गर्नुपर्ने सुझाव समेत दिएका छन् ।
सार्क उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त सम्मेलनमा क्लाइमेट चेन्ज अडप्पशनः फ्रम इकोनोमिक टु सोसियल प्रस्पेक्टीभसत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघका विशिष्ट सदस्य, पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले गेरका थिए ।
सम्मेलन दक्षिण एशियाको लागि वातावरण परिवर्तन रणनीति तयार गर्नका लागि अवसर तथा आवश्यकता पहिचान गर्ने, वातावरण परिवर्तनका चुनौतीहरुलाई संवोधन गर्ने ढंगले नया“ नया“ व्यवसायिक उदाहरणहरू र असल अभ्यासहरूको आदान प्रदान गर्ने र यस क्षेत्रमा संचालित साना तथा मझौला उद्यम व्यवसायलाई सोही अनुसार प्रविधिगत रुपमा अद्यावधिक गर्न उपायहरूको पहिचान गर्ने र वातावरण परिवर्तनबाट पर्ने प्रभावका विषयमा सारोकारवालाहरूमा जागरण ल्याउने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।
सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डिराज ढकालले वातावरण परिवर्तनबाट उत्पन्न हुन सक्ने चुनौतीहरूलाई सामना गर्ने क्षेत्रीय प्रयासमा नेपालको पनि दरिलो साथ रहने विश्वास दिलाए ।
प्राकृतिक विपत्तिबाट वितेका दुई दशकमा ४.४ विलियन मानिसहरू प्रभावित भएको, २ ट्रिलियन अमेरिकी डलर बराबरको भौतिक तथा आर्थिक क्षति सार्थ १.४ मिलियन मानिसहरूले ज्यान गुमाउनु परेको तथ्यांक प्रस्तुत गर्दै त्यसमध्ये करिव ९५ प्रतिशत विकासशील देशका मानिसहरू मारिएका बताए ।
उनले प्राकृतिक विपत्तिको चपेटामा दक्षिण एशिया सबैभन्दा प्रभावित क्षेत्र भएकाले यसक्षेत्रको उत्थानका लागि यहा“ रहेको असिमित अवसरहरूबाट फाइदा उठाउन बढी भन्दा बढी लगानी आवश्यक रहेकोमा समेत जोड दिए । वातावरण परिवर्तनबाट आउने असरहरूलाई न्यूनिकरण गर्न तथा उक्त असरबाट आउने आर्थिक सामाजिक चुनौतीहरूस“ग सामना गर्न सोही अनुसार उपयुक्त रणनीति, व्यवस्थापन र पूर्वाधार विकास गर्न यो सम्मेलन कोशेढुंगा हुने विश्वास समेत उनले प्रकट गरे ।
त्यसअघि हिजो चेन्नाईमा आयोजित संघको ७६ औं कार्यकारिणी समिति बैठकमा संघको विधान संशोधन समितिको सभापतिको तर्फबाट ढकालले संशोधनका लागि सुझाव सहित धारणापत्र बैठक समक्ष राखेका थिए । बैठकमा नेपालका तर्फबाट मानव संशाधन समिति र पर्यटन समितिको जिम्मेवारी नेपाललाई दिन आग्रह भएपश्चात बैठकको सभापतित्व गरिरहनु भएका सार्क उवासंघका अध्यक्ष रूवान इडिरीसिंघे ले ती दुवै समितिको नेतृत्व नेपाललाई दिने विश्वास दिलाए ।
FACEBOOK COMMENTS