काठमाडौं, कार्तिक २८ – प्रिमियम एन्ड्रोइड स्मार्टफोन निर्माता वानप्लसले बजारमा आफ्नो नाइन सिरिज ल्याउने भएकाे छ । नयाँ रिपोर्टका अनुसार कम्पनीले यस सिरिज अन्तर्गत २ मोडेल मात्रै बजारमा ल्याउनेछ । यी दुवै माेडेल कम्पनीका नयाँ फ्ल्यागशिप फाेन हुनेछन्।
कम्पनीले यस सिरिजमा पनि ‘टी’ अक्षर प्रयोग गर्ने तयारी गरेको छ । यसअघि वानप्लस एट सिरिज ल्याउँदा कम्पनीले माेडेलकाे नाम ‘वानप्लस एट टी’ राखेकाे थियाे । साथै २०१९ मा ल्याएको वानप्लस सेभेन सिरिज अन्तर्गत पनि माेडेलकाे नाम ‘सेभेन टी’ र ‘सेभेन टी प्रो’ ल्याएको थियो ।
टेकड्रोइडरले गरेकाे एक ट्वीट अनुसार कम्पनीले वानप्लस नाइन सिरिज अन्तर्गत वानप्लस नाइन र वानप्लस नाइन प्रो सार्वजनिक गर्नेछ । कम्पनीले मार्च २०२१ मा यो सिरिज ल्याउने अनुमान गरिएको छ ।
फोनमा क्वालकमको स्न्यापड्रागन ८७५ प्रोसेसर रहेको छ र १४४ हर्ज रिफ्रेस रेट सहितको डिस्प्ले रहने उल्लेख गरिएको छ । फोनमा वायरलेस चार्जिङको समेत सुविधा रहनेछ । यी फोनमा कम्तीमा पनि चार भेरियन्टमा उपलब्ध हुने जनाइएको छ ।
FACEBOOK COMMENTS