काठमाडौँ । राष्ट्रियसभामा मनोनीत गरेको विषयमा वामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ आज पनि नहुने भएको छ । कोरोना भाइरसबाट न्यायाधीशहरु संक्रमित भएपछि प्रभावित भएको सो मुद्दाको सुनुवाई अझै पछि धकेलिने भएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार संवैधानिक इजलास नतोकेकाले वामदेव मुद्दा पछि धकेलिएको हो । सर्वोच्चमा साताको बुधबार र शुक्रबार संवैधानिक इजलास तोकिन्छ । अशोज १६ शुक्रबार वामदेव पक्षका वकिलहरु धेरै भएका कारण सुनुवाई नसकिँदा मुद्दा ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
त्यसपछिको बुधबार (अशोज २१) र शुक्रबार (अशोज २३) प्रधानन्यायाधीशसहित होम आइसोलेशनमा भएकाले सुनुवाई हुन सकेन । तर यो बुधबार अधिकांश न्यायाधीशको होमआइसोलेशन अवधि पूरा भए पनि संवैधानिक इजलास तोकिएन ।
अशोज १६ गते वामदेवका तर्फबाट पूर्व महान्याधीवक्ताहरु युवराज संग्रौला र राघवलाल वैद्यका साथै शेरबहादुर केसीले बहस गरेका थिए।
FACEBOOK COMMENTS