काठमाडौं,फागुन १२- नेपाल वायु सेवा निगमले २५ प्रतिशत सेयर बिक्री गर्ने भएको छ । निगमको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।
निगमको निजीकरणका लागि सार्वजनिक–निजी साझेदारी ९पिपिपी० मोडलअनुसार ७५ प्रतिशत शेयर सरकार कै रहने गरि बाँकि २५ प्रतिशत शेयर निजि क्षेत्रलाई दिईने तयारी भएको हो । २५ प्रतिशत मध्ये २२ प्रतिशत सेयर निजी कम्पनीलाई बिक्री गर्ने र ३ प्रतिशत सेयर निगमका कर्मचारीलाई दिने गरी प्रस्ताव भएको छ ।
हाल निगमले तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निजीकरणको सिफारिस गरेको हो । अब पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा सहमतिको लागि प्रस्ताव गर्ने छ । अर्थले सहमति दिएपछि पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ ।
FACEBOOK COMMENTS