उज्वलजंग शाह – नेपाल सरकार र राष्ट्र बैङ्कको नीति अनुरुप बिग मर्जर हुने पहिलो बैङ्क ग्लोबल आईएमई बैङ्क बनेको छ । ‘क’ वर्गको दुई वाणिज्य बैङ्क ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एक आपसमा मर्ज भई शुक्रबार राजधानीमा एक समारोहको आयोजना गर्दै बैङ्कले एकीकृत कारोबार शुरु भएको घोषणा गर्यो । अर्थमन्त्री डा.युवराज खतिवडाले पहिलो बिग मर्जरको रुपमा ग्लोबल आईएमई बैङ्कको एकिकृत कारोबार औपचारीक रुपमा उद्घाटन गरे । मर्जर पछि ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो र चुक्तापुँजी २० अर्ब माथि पुगेको बंैक बनेको छ ।
यो सगै कार्यक्रममा रमाईलो वाक युद्ध समेत सुन्न पाईयो । कार्यक्रमको शुरुमा बोलेका बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुगांनाले क वर्गको बैंक घटदा संघको सदस्य सख्या पनि घट्ने हुँदा दुख लागेको बताउदै, घुमाउरो पारामा राष्ट्र बैंकले पेलेको जनाउ दिए । त्यस पछी पालो आयो नेपाल चेम्वर अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठको श्रेष्ठले विहान ८ बजे देखि नै चिया समेत नखाई आएका पाहुनालाई मज्जाले हसाउदै मर्जरले बैंक ठुलो मात्र हुने भन्दै कम ब्याजमा लोन पाए सबैले बिग मर्जको अनुभव गर्न पाउने बताए ।
त्यस पछी पालो आयो भर्खरै मात्र खुलेको बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन कुमार गोल्यानको । गोल्यानले डरलाग्दो मर्जर भनेर सबैलाई हसाए तर उनको बोलीमा पनि राष्ट्र बैकसंगको असन्तुस्टी प्रष्ट झल्कन्थ्यो । भासण गर्ने पालो आयो गर्भनर चिरण्जिवी नेपालको । नेपालले गारो गारो भनेको मर्जर सजिलै भएको र बैंकहरुले अझ सुद्रीनु पर्ने भन्दै जंगे शैलीमा उल्टो प्रति प्रश्न गरे ‘बैंकले कस्तो कर्मचारी राख्छ ? जसलाई -कसलाई चेक दिने सम्म थाहा छैन भन्दै बैंकहरुलाई कर्मचारी व्रिद्धि विकाशका लागि छुटाइएको ३ प्रतिसत केमा खर्च गर्छन ?’भनेर प्रश्न समेत गर्न भ्याए । उनी यतिमा रोकिएनन्, बैंकहरु मात्र हैन नेपालले ब्यवसायीलाई पनि अोठे जवाफ लगाई हाले । सभालाई सम्बोधन गर्ने क्रम मै उनले चेम्वर अफ कर्मसका अध्यक्षलाई सोध्धै तपाईको पनि सांग्रीला विकास बैंक छ हैन भन्दै ब्यापारीहरु बैंक संञ्चालन गर्दा धरै नाफा चाहिने अनि कर्जा लिदा सरकारले थपेर सहुलियत दिनु पर्ने जस्तो ब्यवाहार नगर्न अनुरोध गरे ।
अव पालो थियो प्रमुख अतिथि डाक्टर युवराज खतिवडाको उनले कुनै बेला आफै संचालक भएको बैंकले १३ प्रतिसतमा पैसा लिने र १२ प्रतिसतमा ब्याजमा दिने गरेको कथा सुनाए । यसरी लहडको भरमा बित्तिय संस्था कसरी चल्न सक्थ्यो र भन्दै अरुभन्दा आफु के कम भन्ने भावनाले बैंकहरु खोलिएको बताए । साथै उनले आफु गभर्नर भएको बेला ४३ वटा वित्तिय संस्था बन्द गर्नुपर्ने अवस्थामा पुगेकोमा मर्जर नितिले धेरैलाई जोगाएको र कतिपयले जेल जाने अवस्थाबाट उन्मुक्ति पाएको बताउदै आईन्दा त्यस्तो गल्ती नगर्न सुझाव समेत दिए ।
FACEBOOK COMMENTS