काठमाण्डौँ — संस्थागत इमेलमा राखिएको कमजोर पासवर्डका कारण बैंक तथा वित्तीय संस्थाहरू साइबर चुनौतीको जोखिममा रहेको पाइएको छ ।
साइबर सुरक्षासम्बन्धी काम गरिरहेको थ्रेटनिक्सले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरेका ३ हजारभन्दा बढी इमेलको पासवर्ड सजिलै डाउनलोड गर्न मिल्ने अवस्थामा छन् ।
थ्रेटनिक्स रिपोर्ट दिइएको प्रतिवेदनमा सन् २०१८ भर नेपालको सूचना प्रविधि क्षेत्रमा भएको सुरक्षा चुनौती औंल्याइएको छ ।
प्रतिवेदनका अनुसार डट एनपी डोमेनको आधारमा निर्माण गरिएका ८ हजार ३ सय बढी इमेलका पासवर्डको डाटासेट डाउनलोड गर्न मिल्ने गरी इन्टरनेटमा भेटिन्छन् ।
तीमध्ये अधिकांशको पासवर्ड एक दुई तीन चार पाँच, पास वर्ड वान, एबीसीडी, इमेल ठेगानामा भएको नाम, मोबाइल नम्बर वा आफ्नो ठेगाना राखिएको अनुसन्धानमा संलग्न सुयश नेपालले बताए ।
उनले इन्टरनेटमा भेटिएका ८ हजारभन्दा बढी इमेल र तिनका पासवर्डमध्ये १३ सय वटा इमेलका पासवर्डहरू विश्लेषण गरेको जानकारी दिए ।
— कान्तिपुर
FACEBOOK COMMENTS