काठमाडौं – लगानीयोग्य पुँजी (तरलता) अभाव खेपिरहेका बैंकलाई विदेशी वित्तीय संस्थाबाट ऋण ल्याउन सक्ने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेपछि ऋण ल्याउने पहिलो संस्था एनएमबि बैंक बनेको छ।
राष्ट्र बैंकले गत चैत २० गते प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेपछि बैंकहरुले चासो विदेशी वित्तीय संस्थातर्फ मोडिएको थियो ।
यही क्रममा एनएमबि बैंकले विदेशी तीन वित्तीय संस्थाबाट करिब चार अर्ब रुपैयाँ ल्याउन लागेको हो ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले दुई बैंकबाट साढे दुई अर्ब ऋण लिन लागेको जानकारी दिए ।
एनएमबि बैंक राष्ट्र बैकबाट स्वीकृति प्राप्त गरी अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक बनेको पनि उनले दाबी गरे ।

उक्त बैंकलाई गत शुक्रबार राष्ट्र बैंकले ऋण लिन स्वीकृति दिएको हो।

– नागरीक