काठमाडौं, फागुन १८ – चीनको हुवेई प्रान्तबाट शुरू भएको कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण विश्वव्यापी हुन थालेपछि नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को विदेशमा गरिने प्रचारप्रसार कार्यक्रम स्थगित गरेको छ । कोराना भाइरसको त्रासलाई दृष्टिगत गर्दै सरकारले सीमित अवधिका लागि विदेशमा भ्रमण वर्षको औपचारिक तथा प्रचारप्रसार कार्यक्रम नगर्ने भएको हो ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शनिवार भ्रमण वर्षका लागि विदेशमा गर्ने भनिएका कार्यक्रम हाललाई स्थगित गरिएको बताएका हुन् । विश्व स्वास्थ्य संगठनका ९डब्ल्यूएचओ० अनुसार हालसम्म यूरोप, इरान, जापानसहित ४९ मुलुकमा कोरोना भाइरस पैmलिएको छ । साथै, डब्ल्यूएचओले नेपालसहितका मुुलुकलाई कोरोना भाइरसको अति जोखिमको क्षेत्रमा राखेको छ । त्यससँगै सरोकारवालाहरूले नेपाललाई कोरोना भाइरसबाट बचाउन भ्रमण वर्षलाई नै स्थगन गर्न सरकारलाई सुझाव पनि दिँदै आएका थिए ।
आर्थिक अभियानसँगको कुराकानीमा मन्त्री भट्टराईले कोरोना भाइरसका कारण विश्वमा देखिएको प्रतिकूल अवस्थालाई दृष्टिगत गर्दै विदेशमा भ्रमण वर्षका कार्यक्रम स्थगित गरिएको बताए । भ्रमण वर्षसम्बन्धी नेपालमा गरिने आन्तरिक कामहरू भने अगाडि बढ्ने उनको भनाइ छ । ‘हाललाई आन्तरिक पर्यटनलार्ई नै जोड गर्ने योजना छ । विदेशमा गरिने प्रचारप्रसार र औपचारिक कार्यक्रम भने स्थगित गर्ने निर्णय गरेका छौं,’ उनले बताए ।
कोरोना महामारीका कारण विश्व पर्यटन नराम्ररी प्रभावित भइरहँदा नेपाली पर्यटन क्षेत्र पनि त्यसबाट अछुतो रहन नसक्ने पर्यटन क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् । उनीहरूले सरकारलाई भ्रमण वर्ष २०२० लाई खारेज गर्न सुझाव दिँदै आएका छन् । तर, मन्त्री भट्टराईले भने भ्रमण वर्ष खारेज गर्ने कुनै संकेत गरेनन् । ‘कोरोनाको त्रास सकिएपछि भ्रमण वर्षको त्यस्ता कार्यक्रम पुनः सुचारु हुन सक्छ,’ उनले भने ।
सरकारले २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ गत जनवरी १ तारीखदेखि भ्रमण वर्ष मनाइरहेको छ । तर, भ्रमण वर्षको शुरुआती महीना जनवरीमै नै नेपाल आउने विदेशी पर्यटकको संख्या घटेको छ । साथै, कोराना भाइरसका कारण चीनबाट पर्यटक आगमन लगभग ठप्प हुँदा भ्रमण वर्षलाई थप प्रभावित बनाएको छ । चीन नेपालमा पर्यटक आगमनको दोस्रो ठूलो स्रोत बजार हो ।
यसले सरकारको लक्ष्यअनुसार विदेशी पर्यटक भित्रिन अत्यन्त चुनौती हुने स्पष्टै देखिएको छ । तर, मन्त्री भट्टराईले यस्तो प्रतिकूल अवस्थामा यस विषयमा बोल्न नमिल्ने बताए ।
यसअघि सरकारले फागुनको पहिलो साता नेपाल कोरोनामुक्त रहेको सन्देश विश्वभर लैजान अंग्रेजी, चिनियाँ र हिन्दी भाषामा सन्देशमूलक भिडियो बनाएर प्रचारप्रसार गरिने योजना विवादमा परेको थियो । चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल तयार रहेको सन्देशमूलक भिडियो सामग्री चिनियाँ भाषामा तयार गरी चिनियाँ सञ्चारमाध्यम तथा चीनमा रहेका नेपाली नियोगमार्पmत सम्प्रेषण गर्ने व्यवस्था तयारी पनि सरकारको थियो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले भ्रमण वर्षका कार्यक्रम स्थगन गर्नुलाई नकारात्मक रूपमा लिन नहुने बताए ।
कोरोना भाइरसको त्रासका बीच भ्रमण वर्षको कार्यक्रम गर्नु त्यति औचित्य नहुने उनको भनाइ छ । ‘कोराना भाइरसबाट बच्न विदेशी मुलुकले बाहिरी मान्छे प्रवेश गर्न रोक लगाएका छन् भने भीड जम्मा गर्न पनि नदिएको अवस्था छ । त्यस्तो अवस्थामा हामीले भ्रमण वर्षको कार्यक्रम गर्दा सम्बद्ध मुलुकसँगको सम्बन्ध नै बिग्रिन सक्छ,’ उनले भने, ‘यसैले अनिश्चित समयका लागि भ्रमण वर्षको प्रचारप्रसार बन्द गरिएको हो । कोरानाको त्रास सकियो भनेपछि भने यसले तीव्रता पाउँछ ।’ आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS