काठमाडौं – विदेशी रेमिट्यान्स कम्पनीहरुले पैसा उठाएर नेपालमा नपठाउने गरेको पाइएको छ ।
पछिल्ला महिनामा नेपालमा रेमिट्यान्स आप्रवाहमा कमी आउनुको कारण विदेशी रेमिट कम्पनीको ठगी पनि प्रमुख समस्याको रुपमा देखा परेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा कमी आएका कारण रेमिट्यान्स आप्रवाहमा कमी आएको भन्दै नेपाल राष्ट्र बैंक पनि पछिल्लो समयमा अनुसन्धानमा लागेको छ ।
तर, नेपाल पठाउन भनेर विदेशमा नेपालीको पैसा उठाउने तर, नेपाल नपठाउने गर्दा रेमिट्यान्स आप्रवाहमा कमी आएको हो ।
– कारोबार दैनिक
FACEBOOK COMMENTS