काठमाडौं – विदेशी लगानीमा खुलेका कम्पनीले लगानीको स्रोत खुलाउन नसकेको पाइएको छ ।
लगानीको स्रोत खुलाउन नसक्ने, कम्पनीका बास्तविक मालिख खुलाउन नसक्ने, विदेशबाट नेपालमा रकम ल्याएको प्रमाण पेस गर्न नसक्ने लगानीकर्ता सम्पर्कमा नआएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
विदेशी लगानी भित्र्याउन तथा लेखाङकन गर्न माग गर्दै राष्ट्र बैंक पुगेको १०३ कम्पनी मध्ये ५४ वटा कम्पनीले सरकारले तोकेअनुसारको विवरण पेस गर्न सकेका छैनन् । प्रक्रिया पुरा नहुँदा उनीहरुको फाइल स्वीकृत गर्न नेपाल राष्ट्र बैंक असमर्थ भएको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जनाएका छन् ।
अधिकांश कम्पनीले लगानीको स्रोत खुलाउन नसकेको र स्रोत खुलाउने प्रमाण पेश गर्न भनेपछि लगानीकर्ता नै सम्पर्क विहिन भएको राष्ट्र बैंकको भनाई छ ।
विदेशी लगानी भित्र्याउने तथा लेखाङकन गर्न अनुमति मागेका तर स्वीकृत पाउन नसकेको ५४ कम्पनीको नाम सार्वजनिक गर्दै राष्ट्र ३० दिनभित्र सबै प्रक्रिया पुरा गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
FACEBOOK COMMENTS