बसन्त अर्याल
काठमाण्डौं– सरकारले तयार पारेको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक’ घरेलु तथा मझौला उद्योगलाई धरासायी बनाउने खालको भएको संसदहरुले बताएका छन् ।
सरकारले नेपालमा विदेशी लगानीलाई सहज बनाउनको लागि बनाएको विधेयकमा सांसद तथा सम्बन्धीत पक्षले विरोध जनाएका छन् ।
सरकारले हतारमा विधेयक ल्याएको भन्दै अधिकांश सांसदले पछि पछुताउनु भन्दा अहिले नै विचार गर्न सुझाएका छन् ।
उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विधेयकको संसोधन कर्ता सांसदहरुले हालकै अवस्थामा विधेयक पारित भए देशमा आर्थिक संकट आउने बताएका छन् ।
प्रतिनिधि सभाका लेखा समितीका सभापति भरत कुमार शाहले सरकार कम्युनिस्ट तर विधेयक क्यापिटालिस्टको जस्तो भएको बताए ।
उनले विधेयकमा कस्तो प्रकृतिको उद्योगमा विदेशी लगानी आवश्यक छ भनि स्पष्ट हुनु पर्ने भन्दै पूँजीको आधारमा नभई प्रकृतिको आधारमा विदेशी लगानी भित्राउनु पर्नेमा जोड दिए ।
शाहाले परम्परातग उद्योगममा विदेशी लगानी आवश्यक नभएको बताएका छन् ।
विधेयकमाथि छलफल गर्दै कानुन न्याय समितिका सभापति कृष्ण भक्त पोखरेलले हाल बनेको विधेयकले सेकुरीटी प्रेसमा वैदैशिक लगानी भित्राउन सक्ने प्रावधान भएकाले यसलाई रोक्नु पर्ने बताए ।
सेकुरीटी प्रेस राष्ट्रियता संग जोडिएको विषय भएकाले यसमा विदेशी लगानी ल्यउन नहुने उनको धारणा छ ।
त्यस्तै मौरी पालन, माछा पालन लगाएतका क्षेत्रमा पनि विदेशिक लगानी भित्राउन नहुने उनको भनाई छ ।
नेपाली कांग्रेसका संसद गगन कुमार थापाले पहिलाको कानुन र अहिलेको संसोधित कानुनमा के फरक छ जसले विदेशी लगानी भित्राउन सहज भयो भन्ने कुरा विदेशीलाई स्पष्ट पार्नु पर्ने बताएका छन् ।
विदेशी लगानी ल्याउन त्यहाँको सरकारलाई आस्वस्त पार्नु पर्ने भन्र्दै हालको विधेयकले झन धेरै संयन्त्र खडा गरेकाले लगानी कर्ता अलमलमा पर्ने दाबी गरे । उनले एकद्वार प्रणालीबारे पनि स्पष्ट हुनु पर्ने बताए ।
नेकपाका संसद सोम प्रसाद पाण्डेले विदेशी लगानी कुन उद्देश्यले आउँदै छ यसमा ध्यान दिनु पर्ने बताएका छन् ।
विधेयक माथिको छलफलमा अधिकासं सांसदले कृषी , पशुपालन, दुग्ध, व्युटीपार्लर , शैक्षिक परामर्शका क्षेत्रमा विदेशी लगानी ल्याउन नहुने बताएका छन् ।
यदि यस्ता क्षेत्रमा लगानी भित्राए साना उद्यमी सबै धारासायी हुने उनीहरुको भनाई छ । साना उद्योगले नेपालमा धेरै रोजगारी सिर्जना गरेकाले यस्ता क्षेत्रमा विदेशी लगानी आवश्यक नभएको उनीहरुको जीकिर छ ।
छलफलमा अर्थ मन्त्री युवराज खतिवडाले कृषी क्षेत्रमा थुप्रै अनुदान दिदाँ पनि नेपाली उद्योग नफस्टाएको भन्दै यसमा विदेशी लगानी आएर नेपाली प्रतिस्थापन हुन्छन् भन्नु व्यवहारीक नभएको बताए । दुग्ध क्षेत्रमा विदेशी लगानि ल्याउँदा नेपालाई फाईदा हुने उनको भनाई छ ।
साना तथा मझौला उद्योगमा विदेशी लगानी ल्याउन नहुने भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर आफ कमर्श , दुग्ध सहकारी संस्था, दुग्ध विकास बोर्ड, नेपाल शैक्षिक परामर्शदाता (इक्यान) लगाएत संस्थाले विरोध जनाएका छन् ।
FACEBOOK COMMENTS