काठमाडौं, कात्तिक १९ – अन्तर्राष्ट्रिय उडानमार्फत विदेश पुगेका यात्रुमा कोभिड-१९ पुष्टि भएपछि नेपाल वायुसेवा निगमले सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालाको ध्यानाकर्षण गराएको छ। निगमले अब पुनः परीक्षणमा आउने रिपोर्टको जिम्मेवारी यात्रु स्वयंले लिनुपर्ने पनि जनाएको छ।
निगमको जहाजमार्फत हङकङ, दुबई र नारिता लगायत गन्तव्यमा अवतरण भएका यात्रुमा पुनः परीक्षण गर्दा कोभिड-१९ संक्रमण देखिएको थियो। त्यसपछि निगमलाई सचेत गराइनुका साथै सम्बद्ध मुलुकले उडानमै प्रतिबन्ध लगाइदिएपछि ध्यानाकर्षण पत्र जारी गरेको हो।
सरकारबाट मान्यता प्राप्त स्वास्थ्य प्रयोगशालामार्फत परीक्षण गराएर पछि विदेशमा पुग्दा पुनः परीक्षणमा रिपोर्ट पोजेटिभ आएको अवस्थामा यात्रु स्वयंले जिम्मेवारी लिनुपर्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
FACEBOOK COMMENTS