काठमाडौं – घुम्नकै लागि विदेश जाने क्रम बढेकाले ठुलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको राष्ट्र बैंकले औंल्याएको छ ।
मुलुकको निर्यात नबढेको तर आयात चुलिँदै गाएकाले विदेशी विनिमय सञ्चिति लगातार घट्दो छ ।
यही अवस्थामा भ्रमण घुम्न र अध्ययनका लागि पनि अर्बौ रुपैयाँ बाहिरिएपछि राष्ट्र बैंकले विदेशी विनिमय सुविधामा कडाईसमेत गरेको छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक बर्ष भ्रमण र अध्ययनका लागि मात्र ४७ अर्ब रुपैयाँ बराबर अमेरिकी डलर बाहिरिएको छ ।
अघिल्लो बर्षको सोही अवधिको तुलनामा यो करिब साढे २८ प्रतिशतको बृद्धि हो ।
अघिल्लो बर्ष अध्ययन घुम्नका लागि कबि साढे ३६ अर्ब रुपैयाँ बाहिरिएको थियो ।
यसैगरी गत आर्थिक बर्ष विदेश भ्रमणका लागि राहदानीबापत नागरिकले करिब २० अर्ब रुपैयाँ १९ अर्ब ७० करोड बराबर डलर सटही गरेको सरकारी तथ्यांक छ । –कान्तिपुर दैनिक
FACEBOOK COMMENTS