काठमाण्डौँ —सरकारले सेवा सुविधामा विभेद गरेको जनाउदै देशभरका विद्यालय कर्मचारीले भदौ ३१ गतेदेखी आन्दोलन गर्ने भएका छन ।
पेशागत हक अधिकार, सेवा, सुविधा र सुरक्षाका लागि विगत ७ वर्षदेखी आफुले राख्दै आएका माग सुनुवाई नभएको जनाउदै विद्यालय कर्मचारीले आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका हुन ।
बिहिबार राजधानीमा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका सहसंयोजक रतन बहादुर सिहले माग पुरा हुने प्रतिक्षामा बसेपनि सरकारले बेवास्ता गरेपछि आन्दोलनका कार्यक्रम सार्वजानिक गर्नु परेको बताए ।
बिरोधका लागि विद्यालय कर्मचारी संयुक्त आन्दोलन परिचालन समिति गठन गरेर १ हप्ता लामो आन्दोलन गरी रिले अनसनदेखी आमरण अनसनसम्म गर्ने जनाएका छन ।
— कारोबार
FACEBOOK COMMENTS