काठमाडौं, ७ चैत – जिल्लाको पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका—७ मह गाउँका माध्यमिक तहमा पढ्ने विद्यार्थीहरु आफ्नो विद्यालय पुग्न ज्यान जोखिम राखेर विद्यालय आवत जावत गर्न बाध्य छन्।
मुगुम कार्मारोङ गाउँपालिका—८ माँग्री गाउँमा रहेको श्री बद्ध माध्यमिक विद्यालयमा सोही गाउँपालिका—७ मह गाउँबाट १ सयभन्दा बढी विद्यार्थी पढ्न आउने गर्छन्। मह गाउँका विद्यार्थीहरु हिउँदमा मुगु कर्णालीको सहत घटने भएकाले मह र माँग्री बिचको फडके भन्ने स्थानका ढुङ्गामाथि काठ बिच्छ्याएको काठको साहारले ज्यान जोखिममा राखेर विद्यालय पुग्ने गरेका हुन्।
गाउँबाट विद्यालय पुग्न छोटो स्थानमा पुल छैन। पुलबाट विद्यालय जाँदा विद्यालय समयमै पुगिंदैन। कर्णालीको पानीको सतह घटेपछि मंसिरदेखि बैशाखसम्म यही ठाउँबाट विद्यालाय आउने जाने गरेका छन्। हिउँदको बेल बरफ जम्ने गरेका र ढुङ्गै ढुङ्गामाथि हिंड्नु पर्ने भएकाले कति विद्यार्थीको कापीकलम खोलामा खसेका छन् कति चिप्लएर हात खुट्टा भाँच्चिएका छन्। नजिक पुल नहुँदा समयमै विद्यालय पुग्न जोखिम मोलेर विद्यालय जानु परेको बुद्ध माध्यमिक विद्यालय कक्षा १० मा अध्यन गर्ने पेमा छटुप लामाले बताइन्।
मह गाउँमा रहेको विद्यालयमा कक्षा १ देखि ५ सम्म मात्र पढाइ हुन्छ। अरु पढ्न माँग्री गाउँमा रहेको माविमा जान्छन्। वर्षामा ढुङ्गेधारमा रहेको पुलबाट विद्यालर्थीहरु आवत जावत गर्ने गरेका भए पनि हिउँदमा फडके भन्ने स्थानको कर्णाली माथि रहेको ढुङ्गा माथि हामफालेर विद्यार्थी विद्यालय आवत जावत गर्ने गर्छन्। सानो छोरीलाई दिनहुँ यो स्थानसम्म पुर्याउन आउने अभिभावक कार्मा लामाले बताए।
नजिकको स्थानबाट माँग्री र मह गाउँ जोड्ने झोलङ्गे पुल निमार्ण नहुँदा सबैभन्दा बढी समस्यामा विद्यार्थी परेका छन्। लामो बाटो हिंडेर जाँदा थकाइ लाग्ने हुँदा पढाइलाई समेत समस्या भएको श्री बुद्ध माध्यमिक विद्यालयका प्रअ टिका प्रसाद उपाध्यले बताए। दुबै गाउँ नजिक जोड्ने स्थानमा स्थानीय, प्रदेश र सघींय सरकार कुनै पनि निकायले झोलङ्गे पुल निमार्ण गरिदिए विद्यार्थीहरुलाई सहज हुने उनले बताए।
मह गाउँबाट श्री बुद्ध माध्यमिक विद्यालयममा पढ्न आउने विद्यार्थीको संख्या १ सयभन्दा धेरै छ। उनीहरुलाई ढुङ्गेधारमा रहेको पुल तरेर आउनलाई एक घण्टा ३० मिनेट लाग्छ। मुगु कर्णाली नदीको बहाव बढेपछि उनीहरु यही पुल तरेर आउन बाध्य हुन्छन्। यो स्थानमा पुल निमार्णका लागि सरोकारवाला निकायलाई बेला बेलामा अनुरोध गरेको भए पनि कसैले नसुनेको मह र माँग्री गाउँका स्थानीयको गुनासो छ।
FACEBOOK COMMENTS