प्रकृति खनाल( न्यौपाने )
शिक्षा मानवकाे नैसर्गिक अधिकार हो । जसको सबल कार्यान्वयनका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महासन्धि तथा घाेषणा पत्र समेत जारी भएका छन्। अन्तर्राष्ट्रिय सन्धिको पक्ष राष्ट्रका रूपमा आफूलाई आँफुलाई स्थापित गर्दै आएको नेपालले विद्यालय शिक्षामा सबैको सहज पहुँच स्थापित गर्ने लक्ष्यका साथ नीतिगत, संरचनागत, व्यवहारगत, संस्थागत तथा कार्यक्रमगत प्रबन्धमा जोड दिँदै आएको देखिन्छ । तर एक्कासि कोरोनाभाइरस महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात् धेरै परिवर्तन ल्याइदिएको छ।
अहिले विश्वभरि कोरोनाभाइरस सङ्क्रमण र त्यसबाट हुने रोग कोभिड-१९ को त्रास छ।त्यसबाट अति पिडित भनेका लक्षित समुदायनै हुन्। यसबाट बच्न विश्वका अधिकांश देशमा मान्छेका गतिविधिहरू अत्यावश्यक काममा मात्रै सीमित भएका छन्।उक्त भाइरस फैलिन नपाओस् भनेर अवलम्बन गरिएको उपायस्वरूप अधिकांश मानिसहरू घरभित्रै सीमित छन्।
कोरोनाभाइरस भनेकाे आनुवंशिक संरचनामा आरएनए (RNA) भएका भाइरस अर्थात् विषाणुको एउटा समूहलाई वैज्ञानिकहरूले कोरोनाभाइरस (Coronavirus) नामकरण गरेका हुन्।यश अवस्थामा शिक्षाको विश्व जनित स्थिति कसरी चलिरहेको छ त भन्ने गम्भीर चुनाैति हाम्रो जस्ताे अल्पविकसित मुलुकले चरम अवस्था झेल्न बाध्य छ। कोभिड -१९ का कारण हाम्रो लगाएत विश्वभरका विद्यालय बन्द भएको छ। त्यसै गरी नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुनेगरी विद्यालय बन्द भएको जानकारी छापामिडीयामा अध्ययन गर्न सकिन्छ।
त्यसै गरी देशभरका सामुदायिक, संस्थागत र धार्मिक विद्यालय यसले असर पारेकाे छ। विश्व जनित महामारीले शैक्षिक अवसरबाट बालबालिका वञ्चित भएका छन्। विद्यार्थी अहिलेपनि अन्यौलपुर्ण अवस्थामा रहेको देखिन्छ । माथि उल्लिखित तथ्य आधार मान्ने हो भनेपनि नेपालको इतिहासमा ठुलो शैक्षिक क्षति भएको सहजै अनुमान लगाउन मिल्छ जुन तत्काल न्यूनीकरण भइहाल्ने अवस्था पनि देखिँदैन । तसर्थ महामारीले हामीलाई शैक्षिक क्षतिमात्र गराएको छैन अनलाइन तथा प्रविधि शिक्षामा चनाखाे बनाएकाे छ। जसको वैज्ञानिक व्यवस्थापन मार्फत शैक्षिक जगतकाे प्रविधिगत परिवर्तन हुने देखिन्छ ।
नेपालमा पछिल्ला दिनहरूमा कोरोनाको फैलावट जिल्लागत र सङ्क्रमित सङ्ख्यागत रूपमा बढ्दो रूपमा फैलिएको अवस्था छ।महामारी नियन्त्रणलाई पर्खिने भन्दा पनि महामारी सँगै हाम्रा दैनिकीलाई समायोजित गर्दै जानू पर्ने छ। प्राथमिकता र व्यावहारिकता जस्ता सन्दर्भको उपयोग मार्फत विद्यालय शिक्षालाई कोरोना कहरका बिचबाट सञ्चालन गराई शिक्षालाई निरन्तरता दिनुपर्ने देखिन्छ।विद्यालय शिक्षामा कोरोना कहरको प्रभाव वढेकाे छ।
विश्व जगत् अहिले कोरोना महामारीका कारण आर्थिक, राजनैतिक, सामाजिक र सांस्कृतिक रूपमा विचलित हुन गई गरिबी, बेरोजगारी र भोकमरी जस्ता समस्याबाट थिलथिलो परेको सन्दर्भमा शिक्षा क्षेत्र पनि कोरोना कहरबाट प्रताडित मात्र भएन कि शैक्षिक कार्यतालिकाकाे समेत क्रमभङ्गता भएको छ ।शिक्षा प्रणाली नै अनुत्पादक हुने हाे कि भन्ने डर पैदा भएको छ । यद्यपि विद्यालय शिक्षामा कोरोना कहरको प्रभावलाई नकारात्मक र सकारात्मक ढङ्गबाट लिन सकिन्छ काेराेनाकाे कहरबाट शैक्षिक क्षेत्रमा उब्जेका नकारात्मक असरहरूले विश्वभरका विद्यालय बन्द भएकाले अनपेक्षित ढङ्गले शैक्षिक क्षति हुदैछ ।
जसको प्रत्यक्ष प्रभाव विद्यालयको शिक्षण सिकाइमा परिरहेको छ । नेपालमा मात्र सामुदायिक र संस्थागत गरी कुल ८१,२७,२६३ विद्यार्थी प्रभावित हुने गरी विद्यालय बन्द भएका छन् । जसका कारण समग्र शैक्षिक क्यालेन्डर नै प्रभावित हुन गई शैक्षिक योजनाको लक्ष्य, दीर्घकालीन सोच , दिगो विकास लक्ष्यमा प्रभावित हुने देखिन्छ ।शिक्षालय कतै महामारी व्यवस्थापनका केन्द्र बन्न बाध्य छन् । जसको फलस्वरुप: विद्यालय पुनः सञ्चालनमा आउन निकै समय कुर्नु पर्ने देखिन्छ ।बालबालिकाको शिक्षण सिकाइका प्रभावित हुनुका साथै बिशेषगरी सीमान्तकृत बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र पोषणमा समेत नकारात्मक असर परेको छ ।
कोरोना कहर महामारीका कारण सामुदायिक र संस्थागत विद्यालयको शैक्षिक गतिविधिमा समेत हुँदा खाने र हुने खाने वर्गले प्राप्त गर्दै आएको शिक्षामा समेत ठुलो दरार आउने देखिन्छ । जसको ज्वलन्त उदाहरण कोरोना कहरका बिचमा सुविधा सम्पन्न संस्थागत विद्यालयले सञ्चालन गरेको गतिविधिबाट आङ्कलन गर्न सकिन्छ ।शिक्षा विकासको आधार हो ।
नेपालको संविधानले शिक्षा सम्बन्धी अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको छ।धेरै फाेरमहरूले परस्कृत एवम् मर्यादित जीवन र सम्मानित रोजगारी तथा उद्यम विकासको आधार समेत शिक्षालाई मानेको छन्। ज्ञानमा आधारित समाजको माध्यमबाट मुलुकको दिगो शान्ति र समृद्धिका लागि शिक्षालाई महत्त्वपूर्ण रूपमा अङ्गीकार गरेको छ ।
वर्तमानमा मानव काेभिड १९सँग आन्दोलन गर्दैछ।शैक्षिक क्षेत्र कसरी अगाडि लाने भन्ने प्रश्न विचाराधीन नै छ।समय र परिस्थिति निआल्दा उचित विकल्प काे खाेजी गर्दै शिक्षा क्षेत्रलाई अगाडि लानुपर्ने देखिन्छ।यसका लागि,शैक्षिक नेतृत्व,शिक्षक,शिक्षाप्रेमी,अभिभावक ,विद्यार्थी तथा सम्पूर्ण नागरिक समाजले विकल्प काे छनाैट गर्नु पर्ने देखिन्छ।
(लेखक प्रकृति खनाल( न्यौपाने ) तनहुँ दमौली स्थित पराशर कलेज/ आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ भने संचारकर्ममा पनि सकृय हुनुहुन्छ)
FACEBOOK COMMENTS