काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्षमा विद्युतीय सवारी साधनलाई प्रवपर्धन गर्न नवीकरण छूट दिने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत यस्ता सवारी साधनलाई प्रोत्साहन गर्ने नीति लिएको हो । विद्युतीय सवारी साधनलाई पाँच वर्ष नवीकरण निःशुल्क, भन्सार र सडक दस्तुर नलिने व्यवस्था गरिएको छ ।
इन्धनबाट सञ्चलन हुने सवारीको साटो विद्युतीय सवारीलाई प्रोत्साहन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
FACEBOOK COMMENTS