काठमाण्डौँ — विद्युतीय तारलाई भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणले पुनः टेन्डर आह्वान गरेको छ ।
पहिलो चरणमा गरिएको टेन्डरमा अनुमानभन्दा बढी रकमको प्रस्ताव परेपछि पुनः टेन्डर गर्नुपरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
यो आयोजनाका लागि एडीबीले ऋण सहयोग गरेको छ ।
यो आयोजनाअन्तर्गत काठमाडौंको महाराजगन्ज र रत्नपार्क क्षेत्रमा पोलमा राखिएका तारलाई भूमिगत गर्ने योजना छ ।
महाराजगन्ज र रत्नपार्क क्षेत्रलाई छुट्टाछुट्टै प्याकेज अन्तर्गत बोलपत्र आह्वान गरिएको छ ।
—कान्तिपुर
FACEBOOK COMMENTS