काठमाण्डौँ — नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले माघ १ गतेदेखि लागू हुने गरी डेडिकेटेड लाइन लिएका करिडोरका पाँच वटा उद्योगलाई महसुलको विलिङ परिवर्तनसम्बन्धी पत्र पठाएपछि करिडोरका ठूला उद्योग चिन्तित भएका छन् ।
बहुराष्ट्रिय कम्पनी सूर्या नेपाल, हुलास स्टिल इन्डस्ट्रिज, जगदम्बा स्टिल, हामा आयरन र अशोक स्टिल उद्योगलाई नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले माघ १ गतेदेखि लागू हुने गरी झन्डै ६० प्रतिशत महसुल वृद्धि गरिएको पत्र पठाएको छ ।
महसुल वृद्धि गर्नुको कुनै कारण नै नखुलाई एक्कासी विद्युत् महसुलको विलिङ परिवर्तन भएको पत्र पाँचवटा उद्योगलाई पठाएकोमा उद्योगी आश्चर्यमा परेका छन् ।
सूर्या नेपालका महाप्रबन्धक प्रभाकर शाहले विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रले पठाएको पत्रले उद्योगीहरूलाई चिन्तित बनाएको बताए ।
— कारोबार
FACEBOOK COMMENTS