काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले अबको लक्ष्य पेट्रोलियम पदार्थको प्रतिस्थापन रहेको बताएका छन् ।
विद्युत प्राधिकरणको वार्षिक प्रगति सार्वजनिक गर्न मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले उपभोक्तालाई विद्युतीय चुल्हो र गाडी किन्न प्रोत्साहन गर्ने बताएका हुन् ।
विद्युत खपत बढाउन विद्युतीय चुल्हो र गाडीलाई प्रोत्साहन गर्न नीतिगगत सहजीकरणमा मन्त्रालय लागिसकेको पुनले बताए।
मन्त्री पुनले विद्युत खपत बढाउन वार्षिक आयात हुने दुई खर्बको पेट्रोलियम पदार्थ प्रतिस्थापन गर्न नीतिगत व्यवस्था गर्न लागेको बताएका छन् ।
प्राधिकरणले गत अघिल्लो आर्थिक वर्षकोको तुलनामा गत अर्थिक वर्षको १४९ नाफा प्रतिशतले बढेको छ । प्रधिकरणले गत वर्ष अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको हो।
प्राधिकरणले विद्युत चुहावट बाट १५.३२ प्रतिशतमा सिमित गरेको छ। विद्युत पहुँचमा १० प्रतिशतले वृद्धि गर्दै ७८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ।
गत आर्थिक वर्षमा ७६१ किलोमिटर प्रशारणलाइन निर्माणको लक्ष्य रहेकोमा ७५७ किलोमिटर निर्माण भएको जनाएको छ ।
FACEBOOK COMMENTS