काठमाण्डौँ – नेपाल विद्युत् प्राधिकरणले १४० मेगावाट क्षमताका तीन जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता(पिपिए) गरेको छ ।
प्राधिकरणले सुपर त्रिशूली, दूधखोला र मच्छेखोला जलविद्युत् आयोजनासँग सम्झौता गरेको हो ।
प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार ब्लु इनर्जीले निर्माण गर्ने ७० मेगावाट क्षमताको सुपर त्रिशूलीको विद्युत् खरिद सम्झौता भएको छ ।
सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका कार्यकारी निर्देशक बरुण सराफले हस्ताक्षर गरे ।
यसैगरी मनाङमा आयोजना स्थल रहेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको पनि विद्युत् खरिद सम्झौता भएको छ ।
त्यस्तै प्राधिकरणले विकास हाइड्रो पावरले निर्माण गर्न लागेको ४.५५ मेगावाट क्षमताको मच्छेखोला जलविद्युत् आयोजनाको समेत विद्युत् खरिद सम्झौता भएको छ ।
– नागरीक
FACEBOOK COMMENTS