माधब पौडेल
तनहूँ -पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गिय वि पी कोईरालाको ३८ औ तथा नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर एवं नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलालको ४२ स्मृति दिवस तनहुँमा विभिन्न बृक्षारोपण गरि मनाईयो । नेपाली कांग्रेसको आयोजनामा अमहामानव विपी कोईरालाको स्मृतिमा साउन ६ र ७ गते तनहुँका विभिन्न स्थानहरुमा बृक्षारोपण गरिएको थियो । जिल्लाका विभिन्न स्थानहरुमा भएका कार्यक्रममा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शंकर भण्डारी, व्यास नगरपालिका का प्रमुख बैकुण्ठ न्यौपाने, जिल्ला समन्वय समिति तनहुका प्रमुख शान्ति रमण वाग्ले लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
त्यस्तै नेकपा व्यास नगर कमिटीले व्यास ११ फराकचौरमा निर्माणाधीन रहेको राष्ट्रियस्तरको क्रिकेट रंगशाला वरपर बृक्षारोपण गरि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलालको स्मृति दिवस मनाएको छ । नेकपा व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्यद्वय पि एल् श्रेष्ठ र एकबहादुर रानाले सयुक्त रुपमा बृक्षारोपण रोपण गरि कार्यक्रमको सुरुवात गरेका थिए । उक्त अवसरमा सहभागी महानुभावहरुले नव जनवादी क्रान्तिका सुत्राधार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव स्वर्गिय पुष्पलालले समाजमा पुर्याएको योगदानको चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सदस्य अतेन्द्र केसरी न्यौपाने, नेकपा तनहुँका जिल्ला सदस्य एवं नेकपा व्यास नगर कमिटीका सचिव रामचन्द्र सापकोटा, नेकपा जिल्ला कमिटीका सदस्यहरु रामहरी बजगाईं, रामलिला सुवर्णकार, गजेन्द्र पन्थ, नेकपा व्यास नगर कमिटीका सचिवालय सदस्य हरिविलास अधिकारी, सूर्य वहादुर केसी , ईश्वर विष्ट, अमृत बसौला लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS