काठमाडौं, मंसिर १८ – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन मुल्यसूचिमा मात्र केन्द्रित छ । बजार अनुगमन गरेर अव्यस्थित बजारलाई व्यवस्थित गर्ने नियमक निकाय भनेको विभाग हो । विभागले बजार अनुगमनलाइ बस्तुको मुल्य सुचीमा मात्र केन्द्रित हुँदा नियमति बजार अनुगमन प्रभावहीन देखिएको छ ।
चालु आर्थिक वर्षको चौमासीक विभागले २ सय ५० व्यवसायिक फर्मलाई कारवाही गरेको तथ्यांक सार्वजनिक गरे पनि उपभोक्ताले बजार अनुगमनको अनुभुति समेत गर्न पाएका छैन । दैनिक उपभोग्य वस्तु देखि लुगाकपडा लगायतका विभिन्न बस्तुबाट व्यापारीले उपभोक्ताबाट मनपरी मुल्य असुल्दै आइरहेका छन् । तर यता अनुगमन नियमक निकाय विभाग भने मुल्य सुचिमा मात्र केन्द्रित छ । व्यापारीले उपभोक्ताबाट मनपरी मुल्य असुलेको देख्दा देख्दै पनि विभागले बेवास्ता गर्दै आएको छ । विभागको नियमित बजार अनुमगन उपभोक्ताका आँखामा छारो हाल्न काम मात्र भएको छ ।
विभागको नियमित अनुगमन उपभोक्ताको हितमा नभएर राजस्व संकलन गर्ने र बजेट सक्ने काम मात्र भएको उपभोक्ता कर्मिको आरोप छ ।
उपभोक्ता कर्मिको भनाइ अनुसार विभागको अनुगमन कालोबारी गरेर उपभोक्तालाई ठग्ने व्यापारीलाई कारवाही गर्न छोडेर व्यापारी फर्मको मुल्यसुचि सिमित अनुगमन गरिरहेको छ । मूल्यसुचि केन्द्रित अनुगमन उपभोक्ता हित नभएको उपभोक्ताकर्मिको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्चकमा केन्द्रिय अध्यक्ष प्रेमलाल महर्जनले विभागको बजार अनुगमन उपभोक्ता मुखि नभएको बताए । ‘ विभागले चालु आर्थिक वर्षको चौमासिकमा २ सय ५० व्यवसायिक फर्मलाई कारवाही गरेर ४९ लाख रुपैयाँ राजस्व संकलन गरेको सार्वजनिक गरेको छ’, ‘विभागले २ सय ५० व्यापारीलाई कारवाही गरेको भएपनि उपभोक्ताले कुनै अनुभुती गर्न पाएका छैन, महर्जनले भने, विभागले बजारमा अनुचित व्यापार गरेर उपभोक्तालाई ठग्दै आएका ठुलो व्यापारीलाई कारवाही नगरेर बसेको छ , ‘साना छाप्रोमा व्यवसाय गर्ने व्यापारीक फर्मलाई गर्ने कारवाही गरेर साना व्यापारीलाई तर्साउने काम मात्र भएको छ’ । विभागले बजार अनुगमन गरेर नत उपभोक्ताले स्वच्छ खाद्य वस्तु खान नभएका छन नतबजार व्यवस्थित छ’ अध्यक्ष महर्जनले भने,’ ‘ विभागले बजार अनुगमनले शुन्य प्रतिशत प्रभाव भएको छैन ।
उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधा तिमल्सिनाले कालोबजारी ऐनमा २० प्रतिशत भन्दा माथि नाफा खान नपाइने कानुनी व्यवस्था भएको बताए । तिमल्सिनाले भने, व्यापारीले परेको मुल्य भन्दा दोब्बर नाफा लिइरहेको छन’, । ‘विभागको अनुगमन बजार व्यवस्थापन भन्दा वार्षिक बजेट सकाउने काम भएको छ’ । अध्यक्ष तिमल्सिनाले भने, उपभोक्ताका अनुसार धेरै जस्तो दैनिक उपभोग्य वस्तु हरियो तरकारी तथा सागसब्जीहरुमा व्यापारीले उपभोक्ताबाट दोब्बर मुल्य असुल्दैका छन ।
उपभोक्ता अधिकारकर्मी तिमल्सिनाले भने, बजार अनुगमन गरे जस्तो गरेर विगत एक वर्ष देखि विभागको अनुगमन खाली मुल्यसूचि विलविजन फर्म र दर्ता गरेर नगरेको मात्र हेरीरहेको छ । विभागले बजार अनुगमनका नाममा खाली मुल्यसूचि हरेर पूग्दैन । उपभोक्ताको हितमा बजार अनुगमन गर्ने हो, भने कालोबजारी ऐन अनुसार २० प्रतिशत भन्दा बढी नाफा लिइने व्यापारीलाई कानुनी कारवाहीको दायरामा ल्याउनु पर्छ । आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS