काठमाण्डौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सवारी साधनको पार्किङ नयाँ ‘पार्किङ भवन’मा सारिएको छ ।
अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडिको पार्किङ सरेपछि विमानस्थल क्षेत्रभित्रकोे चाप केही हदसम्म घटेको विमानस्थलले जनाएको छ ।
निजी सवारी तथा ट्याक्सी विमानस्थलभित्र पार्किङ गर्दा यात्रुलाई मर्का परेको गुनासो बढेपछि विमानस्थलले पार्किङको नयाँ व्यवस्था गरेको हो ।
टर्मिनल अघि अव्यवस्थित पार्किङले अस्तव्यस्त भएको र बढ्दो सवारी चापले यात्रुलाई असहज भएकाले पार्किङ तलको क्षेत्रमा सारिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए ।
— कारोबार
FACEBOOK COMMENTS