काठमाडौं । यस वर्षको विम्बल्डन टेनिसको पुरुष सिंगल्स फाइनलमा इटालीका जानिक सिनर र स्पेनका कार्लोस अल्काराज उपाधिका लागि भिड्ने भएका छन् ।
२३ वर्षीय सिनरले सेमिफाइनलमा सर्बियाका नोभाक जोकोभिचलाई स्ट्रेट सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
सिनरले जोकोभिचलाई ६–३, ६–३ र ६–४ को सेटमा पराजित गरे। योसँगै उनी पहिलो पटक विम्बल्डनको पुरुष एकल फाइनलमा पुगेका हुन्।
सिनरले यसअघि २०२४/ २०२५ को अस्ट्रेलियन ओपन तथा २०२४ को युएस ओपन जित्दै तीन ग्राण्ड स्लाम उपाधि आफ्नो नाममा गरिसकेका छन् ।
फाइनलमा अब सिनरले स्पेनका डिफेन्डिङ च्याम्पियन कार्लोस अल्काराजसँग प्रतिस्पर्धा गर्नेछन्।
अल्काराजले अमेरिकाका टेलर फ्रिट्जलाई कडा खेलमा चार सेटमा हराएका थिए। उनले ६–४, ५–७, ६–३ र ७–६ (८–६) को सेटमा फ्रिट्जलाई पराजित गर्दै लगातार तेस्रो पटक विम्बल्डनको फाइनलमा स्थान पक्का गरे।
अल्काराजले पछिल्ला दुई संस्करणमा विम्बल्डनको पुरुष सिंगल्स उपाधि जितिसकेका छन् र यसपटक पनि उपाधि रक्षा गर्ने लक्ष्यमा छन्। अब दुई युवा स्टारबीचको रोमाञ्चक भिडन्तले टेनिसप्रेमीहरूको ध्यान तान्ने निश्चित देखिएको छ।
FACEBOOK COMMENTS