काठमाण्डौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास .(विम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन ६ देशका राष्ट्र तथा सरकार प्रमुख काठमाडौं आइपुगेका छन् ।
बिमस्टेकको चौथो शिखर सम्मेलन आज काठमाडौँमा शुरु हुँदैछ। सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्च १२ भदौमा नेपाल आइपुगिसकेका थिए भने भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक र श्रीलङ्काका राष्ट्रपति मैत्रिपाला सिरिसेना १३ भदौमा काठमाडौँ आएका हुन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रायुट छानोछा विहिबार विहान काठमाडौं आईपुगे ।
सम्मेलनको उद्घाटन होटल सोल्टीमा हुनेछ। त्यसअघि उनीहरु राष्ट्रपति विद्यादेवी भण्डारीले दिने दिवाभोजमा सहभागी हुनेछन्।
सम्मेलनको उद्घाटन अध्यक्ष राष्ट्रका हिसाबले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
FACEBOOK COMMENTS