काठमाडौं, असोज १८ –विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एकजना वृद्ध पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ९ का वृद्धको आइतबार बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए ।
संक्रमण पुष्टि भएपछि वृद्धलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । डा. सिग्देलका अनुसार स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारका लागि शनिबार कोशी कोभिड ल्याइएको हो । स्वाबको पीसीआर परीक्षण गराउँदा वृद्धको कोरोना रिपोर्ट गत शुक्रबार पोजिटिभ आएको थियो ।
मधुमेहको पुरानो समस्या रहेका मृतकमा पछिल्लो समय श्वासप्रश्वासमा पनि समस्या देखिएको जानकारी सिग्देलले दिए ।
FACEBOOK COMMENTS